Friday 30th October 2026

भारतको उत्तराखण्डमा हिमपहिरो पछिको बाढीमा परि कम्तिमा १० जनाको मृत्यु १५० भन्दा बढि बेपत्ता


एजेन्सी – भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आज आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीमा आएको बाढीमा परि ठुलो जनधनको क्षति भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित भएका समाचारहरू अनुसार अहिले सम्म १० जना भन्दा बढीको शव भेटिएको छ भने  १५० जना भन्दा बढि बेपत्ता भएका छन्।

भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान हिमपहिरो गए पश्चात  धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका हुन् । त्यसै गरि सञ्चालनमा रहेको धाैलीगंगा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ ।

उत्तराखण्डको चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरु रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरु समेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा ‘हाइअलर्ट’ जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । उद्धारका लागि केन्द्र सरकारले विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...