Friday 9th October 2026

भारतको उत्तराखण्डमा हिमपहिरो पछिको बाढीमा परि कम्तिमा १० जनाको मृत्यु १५० भन्दा बढि बेपत्ता


एजेन्सी – भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आज आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीमा आएको बाढीमा परि ठुलो जनधनको क्षति भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित भएका समाचारहरू अनुसार अहिले सम्म १० जना भन्दा बढीको शव भेटिएको छ भने  १५० जना भन्दा बढि बेपत्ता भएका छन्।

भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान हिमपहिरो गए पश्चात  धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका हुन् । त्यसै गरि सञ्चालनमा रहेको धाैलीगंगा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ ।

उत्तराखण्डको चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरु रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरु समेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा ‘हाइअलर्ट’ जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । उद्धारका लागि केन्द्र सरकारले विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...