Tuesday 15th September 2026

अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन


समाचारदाता – अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो ।

नव गठित यसिया समितिको सहसंयोजक – लतिका जोशी सिलगुढी, सचिव – गिरिजा गैरे- जापान ,सह-सचिव – लक्ष्मी भट्टराई अनुरागी- इजरायल र कोषाध्यक्ष; सीताराम थापा-कतार रहेका छन् । यसैगरी सदस्यहरूमा प्रमोद सारंग- कोरिया, डा. गुनु घर्ती किङ्-मिजोरम, चन्द्रप्रकाश गिरी-सिक्किम, भविन लिम्वु-हङकङ, हिमाल अञ्जान-कुवेत,नमराज लामिछाने- साउदी रहेका छन् ।

समितिले निकट भविष्यमा नै एसिया क्षेत्रका अनेसास च्याप्टरहरूसँग आवद्द साहित्यकारलाई समटेर साहित्यिक कार्यक्रम गर्ने भएको छ ।
संसारभरका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप गठित यो दोस्रो समिति हो । यसअघि अमेरिकामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा गठित अनेसास उत्तर अमेरिका समितिले साहित्यिक भेटघाट सुरु गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...