Friday 29th March 2024
खेलकुद
Image

तिताेपाटी - अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले…

Image

तितोपाटी - रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा नेपालका प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । हिँजो असोज २७ गते शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिएका छन् । द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा…

Image

तितोपाटी - ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका…

Image

तितोपाटी - नेपाली अल्ट्रा धाविका मीरा राई ‘एशियन गेम चेञ्जर अवार्ड’बाट सम्मानित भएकी छिन् । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा एशिया सोसाइटीले राईलाई बुधबार सो सम्मान प्रदान गरेको हो । सोसाइटीले राईसहित अन्य विभिन्न मुलुकका आठ जनालाई पनि सो अवार्ड प्रदान गरेको छ । कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाका लागि सहयोग गरेको…

Image

तितोपाटी - चीनलाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको पाँचौं खेलमा चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना विकेट भेट्टायो। नेपालका लागि ओपनर विनोद भण्डारीले २४ र प्रदिप ऐरीले ४ रनको…

Image

तितोपाटी - टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप…

Image

तितोपाटी - नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार तेस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डीएल पद्दतिको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.२ ओभरमा ९ विकेटको…

Image

तितोपाटी - नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे। समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी…

Image

तितोपाटी - आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले पहिलो खेलमा पनि म्यानमारलाई समान ८ विकेटले नै पराजित गरेको थियो। शनिबार बिहान सम्पन्न खेलमा मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाइ भेट्टायो।…

Image

तितोपाटी - सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् । जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि…