Thursday 27th August 2026

सागको इतिहासमा नेपालालाइ पहिलो पटक कुस्ती खेलमा स्वर्ण पदक


तितोपाटी -१३औँ दक्षिण एसियाली खेलकुद साग खेलकुदको इतिहासमा नेपालालाइ पहिलो पटक कुस्ती खेलमा स्वर्ण पदक मिलेको छ । जनकपुरकी १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो ।

छोरीहरू मात्रै जन्माएको भनि बाबुले अर्की श्रीमती विवाह गरेपछि गरीबिको चपेटामा परेकी एक्ली महिलाले हुर्काएकी ४ छोरी मध्येकी साइली छोरी संगीता स्कुल जिवन देखि नै कुस्तीमा रूचि राख्थिन । हाल स्नातक तहमा अध्ययनरत संगीताले कुस्ती खेलमा स्वर्ण पदक जितेपछि सबैतिर उनको चर्चा भइरहेको छ ।

कुस्ती खेलमा यस स्वर्णसहित नेपालले जारी सागमा अहिलेसम्म नौ पदक जितेको छ । नेपालबाट शनिबार ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत, ७९ किलोमा बुनिलाल यादवले कांस्य, १२५ किलो तौल समूहमा राज यादवले कांस्य र ७० किलो तौल समूहमा सुरेश यादवले कांस्य हात पारेका छन् । यसअघि शुक्रबार शिवांगी दुवेले रजत, नरेशप्रसाद यादव, सरोजकुमार यादव र मनीषा सिंहले कांस्यपदक जितेका थिए । शनिबारको खेलमा पाकिस्तानले दुई स्वर्ण र दुई रजत गरी चार पदक जितेको छ । त्यसैगरी, शनिबार भारतले पाँच स्वर्णपदक जित्दै आफ्नो स्वर्णसंख्या नौ पुर्याएको छ । शनिबार श्रीलंकाले तीन रजत प्राप्त गरेको छ भने बंगलादेशले एक रजत र एक कांस्यपदक जितेको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...