Thursday 22nd October 2026

सागको इतिहासमा नेपालालाइ पहिलो पटक कुस्ती खेलमा स्वर्ण पदक


तितोपाटी -१३औँ दक्षिण एसियाली खेलकुद साग खेलकुदको इतिहासमा नेपालालाइ पहिलो पटक कुस्ती खेलमा स्वर्ण पदक मिलेको छ । जनकपुरकी १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो ।

छोरीहरू मात्रै जन्माएको भनि बाबुले अर्की श्रीमती विवाह गरेपछि गरीबिको चपेटामा परेकी एक्ली महिलाले हुर्काएकी ४ छोरी मध्येकी साइली छोरी संगीता स्कुल जिवन देखि नै कुस्तीमा रूचि राख्थिन । हाल स्नातक तहमा अध्ययनरत संगीताले कुस्ती खेलमा स्वर्ण पदक जितेपछि सबैतिर उनको चर्चा भइरहेको छ ।

कुस्ती खेलमा यस स्वर्णसहित नेपालले जारी सागमा अहिलेसम्म नौ पदक जितेको छ । नेपालबाट शनिबार ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत, ७९ किलोमा बुनिलाल यादवले कांस्य, १२५ किलो तौल समूहमा राज यादवले कांस्य र ७० किलो तौल समूहमा सुरेश यादवले कांस्य हात पारेका छन् । यसअघि शुक्रबार शिवांगी दुवेले रजत, नरेशप्रसाद यादव, सरोजकुमार यादव र मनीषा सिंहले कांस्यपदक जितेका थिए । शनिबारको खेलमा पाकिस्तानले दुई स्वर्ण र दुई रजत गरी चार पदक जितेको छ । त्यसैगरी, शनिबार भारतले पाँच स्वर्णपदक जित्दै आफ्नो स्वर्णसंख्या नौ पुर्याएको छ । शनिबार श्रीलंकाले तीन रजत प्राप्त गरेको छ भने बंगलादेशले एक रजत र एक कांस्यपदक जितेको छ ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...