Monday 7th September 2026

सागमा गौरिकाले जितिन चौथो स्वर्ण


तितोपाटी-गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन्। उनले सोमबार सय मिटर फ्रिस्टायलमा स्वर्ण सुनिश्चित गरिन्।

सय मिटर फ्रिस्टायल गौरिकाले ५८.१३ सेकेण्डमा पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरेकी हुन्।

यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्।

आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन्।यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्।सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन्। जसमा १ रजत र ३ कास्य समावेश थिए।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...