Wednesday 21st October 2026

सागमा गौरिकाले जितिन चौथो स्वर्ण


तितोपाटी-गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन्। उनले सोमबार सय मिटर फ्रिस्टायलमा स्वर्ण सुनिश्चित गरिन्।

सय मिटर फ्रिस्टायल गौरिकाले ५८.१३ सेकेण्डमा पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरेकी हुन्।

यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्।

आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन्।यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्।सन् २०१६ मा भारतमा भएको सागमा उनले ४ पदक जितेकी थिइन्। जसमा १ रजत र ३ कास्य समावेश थिए।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...