Thursday 22nd October 2026

दक्षिण एसियाली खेलकुदको पुरूष फुटबल फाइनलमा नेपाल र भुटान भिड्ने


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले बंगलादेशलाई १-० शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। भुटान, माल्दिभ्स र बंगलादेशलाइ हराएको नेपालले श्रीलंकासँग बराबरी खेल खेलेको थियो ।

लिग राउन्ड रोविनको अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न बराबरी खेल नै काफी थियो। तर बंगलादेशलाई भने जितको विकल्प थिएन। जीतसंगै नेपाल १० अंक सहित समूह विजेता भएको छ। नेपालले फाइनलमा भूटानको सामना गर्ने छ। भूटान नौं अंक सहित समूह उप–विजेता भएको छ।

भूटानले भने पहिलो पटक साग फुटबलमा स्वर्ण जित्ने अवसर पाएको छ। भूटानसंग भोली मंगलबार फाइनल खेल हुने छ। उक्त खेलसंगै १३ औं साग पनि अन्त्य हुने छ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...