प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण…
टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २२ अगष्ट २०२५ मा मंगाफस्थित स्पोर्टस क्लबको कभर्डहलमा आयोजना गर्ने भएको छ । गत २५ जुलाई २०२५ मा आयोजना गर्न तय…
काठमाडौँ– डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क क्याफेले नेपालमै अन्तराष्ट्रिय स्तरको बरिस्ता तालिम तथा गुणस्तरीय कफीको सेवा दिदैँ आएको छ । नारायण श्रेष्ठ लामो समय देखी कुवेतमा म्याराथुन प्रशिक्षकको रूपमा काम गर्दै सामाजिक अभियानमा जोडिदै आएका छन् । उनी म्याराथुन गोल्ड मेडलिस्ट …
सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आ–आफ्ना सांस्कृतिक मान्यता र परम्पराअनुसार यस पर्वलाई आ–आफ्नै तरिकाले मनाउँदै आएका छन्। यसको मौलिक विशेषता भनेकै विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायअनुसार बुझ्ने र मनाउने शैली…
पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल 'राष्ट्रप्रेमी'को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो । कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय…
तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्।…
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ ।…
तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको प्रतीक मानिने उक्त झण्डा सरकारी बेवास्ता र जनप्रतिनिधिको नजरअन्दाजीका कारण यथावत् रहँदा, सामाजिक सञ्जालमा आलोचना हुँदै आए पनि त्यसमा कुनै सुधार देखिएको थिएन। तर यस्तै मौनताको बीच, राष्ट्रप्रेमको सशक्त उदाहरण…
कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६ जुन २०२५ मा कुवेत् सिटीस्थित कोष्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा "श्रमिक सचेतना" विषयक एक अन्तरकृया कार्यक्रम आयोजना गर्यो। कार्यक्रमका सहभागीहरुले उठाउनु भएको…
नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…