तितोपाटी- सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा…
तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । नोभेम्बर १ र २ मा बेलायतकाे ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६औँ सम्मेलनअन्तर्गत वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा त्यसतर्फ लागेका हुन् । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाड, परराष्ट्रमन्त्री नारायण खड्का,…
तितोपाटी- यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार ३ जनालाई दिईएको छ।विजेताहरुलाई बुधबार पुरस्कार हस्तान्तरण समेत गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बुटवलबाट काम गर्ने अमृता अनमोल९कान्तिपुर०पहिलो पुरस्कार,रमेश भारती ९शिलापत्र डटकम०दोस्रो पुरस्कार र अनिल अधिकारी ९साझा सवाल०लाई तेस्रो पुरस्कार हस्तान्तरण गरेका थिए। म…
तितोपाटी- चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो ।…
तितोपाटी- वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फर्काइएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान,…
तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल…
तीतोपाटी - म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्। गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी…
तितोपाटी- शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ। विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको थियो। कृषण्गनर बजार क्षेत्रमा यस वर्ष एक दर्जन मूर्ति निकालिएको थियो। कृष्णनगरमा मूर्ति विसर्जनकाक्रममा विगतका वर्षहरुमा साम्प्रदायिक घटना भएको थियो। २०७६…
तितोपाटी- नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी…
तीतोपाटी - धनुषाको धनुषाधाम नगरपालिका वडा नं - ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका…
![]()