तेजेन्द्र केसी -उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय उडान संख्या बढ्नु त परै जावस्, पछिल्लो समय आन्तरिक उडानहरु पनि रोकिएपछि पर्यटन व्यवसायीहरु निराश भएका छन् । गत जेठ २ गते अन्तर्राष्ट्रिय उडान उद्घाटनसँगै उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हालै हुस्सुको…
तीतोपाटी डटकम-प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विदेशबाट ल्याइने मोबाइलमा गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ…
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९…
नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् । अब संसदीय दलको नेताको लागि प्रधानमंत्री एबम…
हरि बानियाँ, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकी थिईन। अवैधानिक भएर काम गर्दै आएकी कल्पनाकाे मृत्यु भएपछि शव नेपाल पठाउन केही ढिलाई भएपनि कानूनी प्रक्रिया पुरा गरेर…
अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २–२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो।पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो।कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको…
प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण पुस ७ गते बिहीबार हुने भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभाको बैठक कक्षमा दिउँसो १ बजे ज्येष्ठले सदस्यले सपथग्रहण गराउनेछन् । ज्येष्ठ सदस्य भने सचिवालयले टुंगो लगाएको छैन । महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद हुन ।मातृभाषामा…
निर्मला घिमिरे- पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्।सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्। प्रदेशगत रूपमा…
तितोपाटी- कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ । मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको हो । कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल राजु कार्की र सुजन केसीका लगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको…
तितोपाटी- कुवेतमा पनि किरातीहरुको महान चाड साकेला उधौली भब्य कार्यक्रम आयोजना गरि शुक्रबार मनाईएको छ। कुवेतमा सक्रिय तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली,…