Thursday 22nd October 2026

फेब्रुअरी २३मा अन्तर नेपाली भलिबल प्रतियोगिता हुने


तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।”स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने आयोजकले जनाएको छ।

उक्त भलिवल प्रतियोगितामा भाग लिन चाहनुहुने इच्छुक टिम (समूह) ले तल दिइएको सम्पर्क नम्बरमा सम्पर्क गरि बिस्तृत जानकारी  लिन सकिने आयोजकले जनाएको छ ।

सम्पर्क नम्बर:-
+965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572

स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे देखि
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...