Thursday 1st October 2026

नेपाल क्रिकेट संघ(क्यान) ले ए ग्रेडका खेलाडीहरूलाइ मासिक रू. १ लाख दिने


नेपाल क्रिकेट संघ(क्यान) ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण र मासिक तलब वृद्धि गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो ।

क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । वर्गीकरण अनुसार पुरूषतर्फ ए, बी, सी, डी र इमर्जिङ क्याटगोरी अन्तर्गत क्रमशः १ लाख, ७० हजार, ५५ हजार, ३५ हजार र १५ हजार मासिक तलब दिइने भएको छ भने महिला तर्फ सोही ग्रेडमा क्रमशः ५०, ३५, ३०, १५ र १० हजार मासिक तलब दिइने जनाएको छ ।

क्यानले गरेको निर्णयहरु जस्ताको तस्तैः

१. सन् २०२४ को लागि Central Contract मा रहने तपशिल बमोजिमको महिला तथा पुरुष खेलाडीहरुको वर्गिकरणलाई अनुमोदन गर्ने निर्णय गरियो ।

पुरुष तर्फः ३० जना

पेड “ए” – रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल

पेड “बी” कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा

ग्रेड “सी” बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.

पेड “डी” पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ

ईगर्जिङ क्याटोगरि – दिपेश कंडेल (कोशी), रुपेस सिंह (मपेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुर पश्चिम)।

साथै पेड “ए” लाई रु.१ लाख, ग्रेड “बी” लाई रु.७० हजार, ग्रेड “सी” लाई रु.५५ हजार, ग्रेड “डी” लाई रु.३५ हजार र ईमर्जिङ क्याटोगरिलाई रु.१५ हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय गरियो ।

महिला तर्फ (११ जना)

पेड “ए” इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर

ग्रेड “बी” कविता कुँवर

पेड “सी” पुजा महती, अश्मिना कर्माचार्य

पेड “डी” अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

ईमर्जिङ क्याटोगरि सोनी पाक्षिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड़‌का, सना प्रविन ।

साथै पेड “ए” लाई रु.५० हजार, पेड “बी” लाई रु.३५ हजार, ग्रेड “सी” लाई रु.३० हजार, पेड “डी” लाई रु.१५ हजार र ईगर्जिड क्याटोगरिलाई रु.१० हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय गरियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...