Friday 4th September 2026

रूसमा राष्ट्रपति पुटिनका कट्टर विरोधी नेता नाभाल्नीको जेलमै निधन


तीतोपाटी – रुसका प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए ।

रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको हो ।

उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिक सर्कल जेल राखिएको थियो। नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए। उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। सुरूमा नाभाल्नीलाई आर्थिक हिनामिनाको मुद्धामा निलम्बन गरिएको सजायका शर्तहरू उल्लंघन गरेको आरोपमा साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो। साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए र जहाजले आपत्‌कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए भने त्यस यता हिरासतमा थिए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...