Thursday 22nd October 2026

रूसमा राष्ट्रपति पुटिनका कट्टर विरोधी नेता नाभाल्नीको जेलमै निधन


तीतोपाटी – रुसका प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए ।

रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको हो ।

उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिक सर्कल जेल राखिएको थियो। नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए। उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। सुरूमा नाभाल्नीलाई आर्थिक हिनामिनाको मुद्धामा निलम्बन गरिएको सजायका शर्तहरू उल्लंघन गरेको आरोपमा साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो। साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए र जहाजले आपत्‌कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए भने त्यस यता हिरासतमा थिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

प्रतिकृयाहरू
...