Friday 17th April 2026

कर्णाली उत्सवःकुडा कर्णालीकाको पाचौं संस्करण सम्पन्न


कर्णालीको विकास बिना देशको विकास सम्भव छैनःमाओवादी उपमहासचिव शर्मा
कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो ।
उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउँने पहल कदमीको लागि संरक्षक केवल भण्डारी सम्पूर्ण आयोजक टिमलाई बधाई दिए । कर्णाली एक सभ्यता भएको उनले बताए । नेपाली भाषको जननी पनि कर्णाली भएके उनले बताए । कर्णालीले एैतिहासिक विरासत बोकेको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ बताए । उनले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उनको भनाई थियो ।
कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उनले भने , ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ । ’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उनले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो छ ।
बाटो बनाउँनु मात्र विकास नभएको उनले बताए । अब हाम्रो देशमा बाटो नभएको गाउँ कतै भेटिएला कि नभेटिएला भन्ने चिन्ता व्यक्त गरे ।
कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको यनले बताए । उत्सवलाई सहयोग सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरे ।
उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज , साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

प्रतिकृयाहरू
...