Thursday 19th March 2026
पत्रपत्रिका बाट
Image

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो। विमानस्थलमा रहेका सई सन्तोष साहले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर…

Image

तितोपाटी- भारतमा ३२७ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ। शनिबारमात्रै थप ७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। संक्रमितमध्ये ३०० जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ। २३ जना उपचारपछि निकाे भएका छन्।दैनिक भास्करका अनुसार एक बालकमा पनि काेराेना देखिएकाे छ। काेराेना परीक्षणमा ४ वर्षीय बालकमा नतिजा पाेजेटिभ…

Image

तितोपाटी- एयर इन्डिया र थाई एयरवेजबाट काठमाडौं आएका ६१ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका बाबजुत नेपाल आएका २ एयरका ६१ जनालाई क्वारेन्टाइनमा पठाइएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए ।…

Image

तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…

Image

जुना श्रेष्ठ -कोरोना भाइरस संक्रमणको डरले काठमाडौं छाडेर घर फर्कनेहरूको घुइँचो बढ्दो छ। अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए काठमाडौंमा बस्नै मुश्किल पर्छ।…

Image

काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा…

Image

तितोपाटी- बिश्व भरि फैलिएको कोरोना भाइरस विरूद्ध किटनाशक औषधि छर्किंदै छ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनि सामाजिक सञ्जालमा अपवाह फैलाइएको…

Image

तितोपाटी-सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ९ चैतदेखि १८ चैतसम्म सबै उडान स्थगन गरिएको जानकारी गराए ।

Image

एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो। चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान…