Monday 29th April 2024

कुवेतमा मार्च २२ बेलुकाबाट कर्फ्यू,उल्लंघन गरे जेल र जरिवाना हुने


हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ।

कुवेतबाट प्रकाशित कुवेत टाइम्सले समाचारमा लेखेको छ” २२ मार्च आइतबार बेलुकी ५ बजे देखि अर्को दिन बिहान ४ बजे सम्म कर्फ्यू लगाइने छ।” तर समाचारमा कर्फ्यू कहिले सम्म लाग्ने जनाइएको छैन।त्यसै गरि कर्फ्यू उल्लंघन गर्नेलाई ३ बर्ष जेल र १० हजार केडि( नेरु करिब ३७ लाख ५० हजार) नगद जरिवाना गरिने जनाइएको छ।”
त्यसै गरि कुवेत सरकारले गत मार्च १२ तारिकबाट दिएको २ हप्ताको सार्बजनिक बिदा(लक डाउन)लाई पुन: अरु २ हप्ता (एप्रिल-०९ तारिक सम्म) बढाउने निर्णय गरेको समाचारमा जनाईएको छ।
बिश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसले कुवेतमा अझ धेरै क्षती नपूर्याओस भनेर कुवेतमा रहेका आफ्ना नागरिक र सम्पूर्ण आप्रबासी नागरिकहरुको सुरक्षार्थ कुवेत सरकारले लागू गरेको नीति-नियमलाई पालना गरौ।सबैले कोरोना भाइरसबाट बच्ने र बचाँउने उपायहरु अबलम्बन गरौं।यदि कुवेतमा कोहि नेपालिहरुलाई कोरोना संक्रमणको लक्ष्यण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्दै नेपाली राज दूतावास कुवेतको हटलाइन नं:-९८८६९१२१ मा सम्पर्क गरि आफ्नो सुरक्षार्थ सहयोगको अपिल गर्न हुन तितोपाटी डटकम सबैमा अनुरोध गर्दछ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...