Sunday 22nd March 2026
पत्रपत्रिका बाट
Image

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने बताएका छन्।प्रधानमन्त्रीले केही मन्त्रालय फुटाउने तयारी गरिरहेका खबर सार्वजनिक भइरहेका छन्। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ।प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छ। त्यसलाई बढाएर २५ बनाउन…

Image

रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो । सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको…

Image

चिकित्सा शिक्षा सुधारको मागसहित १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकार अझै अनुदार देखिएको छ । डा. केसी विभिन्न ६ सूत्रीय मागसहित १९औँ अनशनमा छन् । उनको स्वास्थ्यसूचक खस्किन थालेपछि चिकित्सकसमेत चिन्तित छन् । तर, उनको अनशन र मागलाई सरकारले पूरै बेवास्ता गरेको छ । डा. केसीलाई कुनै पनि वेला गम्भीर समस्या आउन…

Image

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ, तर रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । नाकामा लाइन लागेका नेपाली भन्छन्, ‘स्वदेशमा हारेर फेरि विदेश जाँदै छौँ ।’ तेजराज भट्ट -दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना…

Image

तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया…

Image

कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७…

Image

प्रधानमन्त्री ओलीले भाग पुर्‍याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी गरेका छन् । रेल मन्त्रालय थप्ने अथवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउने तयारी पनि अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीले भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । विज्ञले भने मन्त्रालयको संख्या बढीमा…

Image

लेखक सञ्जीव उप्रेतीले एउटै मञ्चमा मोदनाथ प्रश्रितसँग 'पद्मश्री साहित्य पुरस्कार' ग्रहण गर्न नसक्ने बताएका छन्। उनले पद्मश्री पुरस्कार मोदनाथसँग एउटै मञ्चमा नलिने भने पनि पुरस्कारै लिने-नलिनेबारे भने औपचारिक निर्णय लिन बाँकी रहेको बताए। आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास 'हंस' र…

Image

असारयता करिब एक हजारजना पक्राउ, महामारीमा अन्यत्र लुक्न समस्या भएपछि घर फर्केका अभियुक्तहरू समातिँदै पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट फरार अभियुक्त पक्राउ अभियान सुरु भएको हो । १७ भदौमा कास्की प्रहरीले एकैदिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो ।फरार अभियुक्त पक्राउ अभियानका मुख्य तीन कारण छन् । पहिलो– हालै…

Image

अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।शान्ति स्थापना कार्यमा…