Sunday 2nd August 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए। वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको…

Image

तितोपाटी- कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा कामदार पठाउन खोज्ने एसओएस म्यानपावर प्रालिको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । गत महिना वैदेशिक रोजगार विभागले भिसा प्रमाणिकरण नगरी नेपालस्थित कतारी राजदूताबासको मिलोमताेमा अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।…

Image

तीतोपाटी - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान…

Image

तितोपाटी- नेकपा दाहाल नेपाल समूहका नेता योगेश भट्टराईले काठमाडौंमा शुक्रबार भएको प्रदर्शनले जनमत आफ्नो पक्षमा रहेको देखिएको दावी गरेका छन । आज इटहरीमा आयोजित कार्यक्रममा उनले आधिकारिक नेकपा दाहाल नेपाल समूह नै भएको दावी गरेका हुन । नेता भट्टराईले चुनाव चिह्न कसैले दावी गर्दैमा नपाउने भन्दै राजनीतिक दलसम्बन्धी ऐनले छिनोफानो…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाह नभएको बताएका छन् । राजधानीमा अपांगता भएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले आफ्नो हातमा शासन लिएर मै शासनमा रहन्छु नभनेको भन्दै जनताको हातमा दिँदा म कसरी शासक भएँ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले संसद् विघटन असवैधानिक भनेर कराउनेहरु संविधान विरोधी भएको बताए…

Image

तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव काठमाडौं ल्याएको हो । शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाई बुझाइएको छ । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्दै आएको छ । मृतक परिवारको…

Image

तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् । नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् । नेता खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए । ओली प्रतिगमनकारी भएको बताउँदै उनले ‘ओली कमरेड…

Image

तितोपाटी- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

Image

तितोपाटी- वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे मलेसियाबाट नेपालको लागि छुट्नेछ । वाइडबडी जहाजमा…

Image

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । ‘चुनाव…