Wednesday 2nd July 2025

काबुलमा विस्फोट पाँचको मृत्यु


तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताउनु भएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...