Tuesday 24th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- के तपाईं मासिक एक रुपैयाँका लागि काम गर्नुहुन्छ ? त्यो पनि नेपालमा होइन, विदेश गएर । केही नेपाली यसरी नै ठगिएका छन् । रुपन्देहीका सन्तोष गुरुङ र खम्बरसिंह डाला मासिक १ रुपैयाँभन्दा कमको श्रम स्वीकृति लिएर इरान पुगे । त्यहाँ उनीहरु १८ महिना काम गरेर खाली हात नेपाल फर्किएका…

Image

तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक र विरोध पत्र पठाएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संसद् विघटनविरुद्ध विरोधपत्र र संविधान पठाएको हो । नेकपा काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको जनाकारी…

Image

तितोपाटी- विवेकशील पार्टीले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर…

Image

तितोपाटी- दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि ई-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ई-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी ईपीएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिइने भिसा (प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनियरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान…

Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त,…

Image

तितोपाटी- एकीकृत नमुना मुसहर बस्तीका घर रंगिचंगी देखिन्छन्। घर अगाडि हुर्किएका बिरुवाले बस्ती निकै सुन्दर देखिन्छ। यस्तै वातावरणमा पनि ५५ वर्षीया रामरती सादा शोकमा छिन्। महोत्तरीको बर्दिबास–१४ स्थित उनको घरमा सन्नाटा छाएको छ। २० दिनको अवधिमा उनले गर्भवती बुहारी, नवजात शिशु र अर्का आठ महिने नाति गुमाएकी छन्। उनको घर…

Image

तितोपाटी- अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको 'मेडिकल आपत्‌कालीन अवस्था' कारण मृत्यु भएको प्रहरीले जनाएको छ। हालसम्म कम्तिमा पनि ५२ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती…

Image

तितोपाटी- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको…

Image

तितोपाटी- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउसै लाल्टिन बालेर जुलुश…