Friday 9th October 2026

ऐना देखाएर विवेकशीलको विरोध प्रदर्शन


तितोपाटी- विवेकशील पार्टीले संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै ऐना देखाएर प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले ऐना देखाएर प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए । साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्रीज्यू’ लेखिएको प्रतिकात्कम घडी पनि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमले मुलुक थप संकटमा परेकाले ऐना देखाएर प्रदर्शन गरिएको विवेकशिलका नेता शशिबिक्रम कार्कीले बताए । नेताहरु रिसराग भरिपूर्व व्यहार र पार्टीको गुट भित्रको निष्कृष्ट व्यहारका कारण मुलुकलाई अप्ठेरोमा पार्न नहुने भन्दै नेताहरुले एक पटक आ–आफ्नो अनुहार ऐनामा हेरुन भन्ने उद्देश्यले ऐनासहित प्रदर्शन गरिएको उनले बताए ।

सो पार्टीले संसद विघटनको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । उनीहरुले १८ दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...