नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले एकताको नाममा तत्कालिन माओवादीलाई केपी शर्मा ओलीले सत्ताको भर्याङ मात्र बनाएको बताएका छन् । नेपालगन्जमा आइतबार प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले माओवादीलाई भर्याङ बनाएको ठोकुवा गरे । ‘ओलीले पुर्व…
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो । संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा…
प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन्…
तितोपाटी- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको आरोप लगाएका छन् । दाङको घोराहीमा शनिवार विहान पत्रकारहरुसँग कुरा गर्दै उनले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताएका हुन् । नेपालले पुष्पकमल दाहाल जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताए ।…
तितोपाटी- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह ‘इपीजी’को प्रतिवेदन भारतले बुझ्नुपर्ने बताएका छन् । ज्ञवालीले शनिबार विहान नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा सो कुरा बताएका हुन् । मन्त्री ज्ञवालीले प्रतिवेदनलाई अध्ययन गरेर क्रमशः कार्यान्वयनमा लैजानुपर्ने बताए । नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव…
तितोपाटी- औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार (आज) देखि लगाउन शुरु गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना…
तितोपाटी- भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ। अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन…
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओली स्वयम्ले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।…
तितोपाटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री ढकालले पहिलो पटक उक्त विमानस्थलको निरीक्षण गर्नुभएको हो । त्यस अवसरमा उहाँले उपकरण जडानको काम पूरा गर्न विदेशी प्राविधिक आउनैपर्ने भन्दै यसका लागि सरकारले कूटनीतिक…
![]()