Thursday 28th March 2024

ओलीले देशमा अशान्ति फैलाए : माधव नेपाल


तितोपाटी- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको आरोप लगाएका छन् ।

दाङको घोराहीमा शनिवार विहान पत्रकारहरुसँग कुरा गर्दै उनले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताएका हुन् ।

नेपालले पुष्पकमल दाहाल जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताए । अध्यक्ष नेपालले आफुहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै ओलीले नेतृत्व गरेको नेकपा गुट मात्रै रहेको पनि बताए ।

सरकारको असंबैधानिक कदमको कांग्रेस लगायतका दलसँग सहकार्य गरेर सशक्त विरोध गरिने अध्यक्ष नेपालको भनाइ छ । दाहाल–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणमा भाग लिन नेपाल दाङ पुगेका हुन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...