Friday 9th October 2026

ओलीले देशमा अशान्ति फैलाए : माधव नेपाल


तितोपाटी- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको आरोप लगाएका छन् ।

दाङको घोराहीमा शनिवार विहान पत्रकारहरुसँग कुरा गर्दै उनले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताएका हुन् ।

नेपालले पुष्पकमल दाहाल जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताए । अध्यक्ष नेपालले आफुहरु नै आधिकारिक नेकपा भएको दावी गर्दै ओलीले नेतृत्व गरेको नेकपा गुट मात्रै रहेको पनि बताए ।

सरकारको असंबैधानिक कदमको कांग्रेस लगायतका दलसँग सहकार्य गरेर सशक्त विरोध गरिने अध्यक्ष नेपालको भनाइ छ । दाहाल–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षणमा भाग लिन नेपाल दाङ पुगेका हुन् ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...