Thursday 29th October 2026

योगेशसँग ओलीको गुनासो : बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो !


प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन् । ‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन ।

आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’  ओलीले योगेशमाथि गरेको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...