Friday 25th September 2026

योगेशसँग ओलीको गुनासो : बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो !


प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन् । ‘यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन ।

आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’  ओलीले योगेशमाथि गरेको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...