Friday 11th September 2026

इपीजी प्रतिवेदन भारतले बुझ्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली


तितोपाटी- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह ‘इपीजी’को प्रतिवेदन भारतले बुझ्नुपर्ने बताएका छन् । ज्ञवालीले शनिबार विहान नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा सो कुरा बताएका हुन् ।

मन्त्री ज्ञवालीले प्रतिवेदनलाई अध्ययन गरेर क्रमशः कार्यान्वयनमा लैजानुपर्ने बताए । नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो ।

इपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो । गतवर्ष असारमा काठमाडौंमा बसेको इपिजीको अन्तिम बैठकले सुझावहरु समेटेर संयुक्त प्रतिवेदनलाई अन्तिम रूप दिएपनि भारतले प्रतिवेदन बुझेको छैन ।

दुबै देशका प्रधानमन्त्रीलाई बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक गर्ने सहमति भए पनि संयुक्त प्रतिवेदन तयार भएको साढे दुई वर्ष बितिसक्दा पनि भारतले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको छ ।

शुक्रबार नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा पनि नेपालले यो विषय उठाएको थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...