तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्ताल सफल पार्न गाडी चढेर ललितपुरको पुल्चोक पुग्नुभएको छ । बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर धर्ना दिन ललितपुरको पुलचोक पुग्नुभएको थियो । गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बस्नुभएको थियो । बिहीबार…
तितोपाटी- अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सवारीसाधन कुरिरहेका काभ्रेका मनोज क्षेत्री बिहीबार बिहान ९ बजे ओमानबाट नेपाल आइपुगेका हुन् । विमानस्थलमा उत्रिएपछि सवारीसाधनको पर्खाइमा क्षेत्रीले एक घन्टादेखि त्यत्तिकै बिताए । गन्तव्यमा पुग्ने सवारीसाधन नपाएपछि उनी के गर्ने कसो गर्ने भन्ने समस्यामा थिए । विदेशबाट आउँदा आमहडतालको हल्ला थिएन । विमानस्थलबाट बाहिरिएपछि भने उनले…
तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको…
तितोपाटी- आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मीमाथि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुले हातपात गरेका छन्। बिहीबार बिहान ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेको दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन्। घटनाप्रति माउण्टेन टेलिभिजन घोर भत्सर्ना गरेको छ। उनलाई आन्दोलनकारीले केपी ओली पक्षको, चौतारीको भन्दै लखेटेका छन्। आम हड्तालका…
तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि देशभर विरोध प्रदर्शन गरिरहेको छ । संवैधानिक आयोगहरुमा संसदीय सुनुवाई विनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो । नेपाल सरकारले संघिय संसद प्रतिनिधि सभा विघटन गरे पछि…
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले…
तितोपाटी- वैदेशिक रोजगार विभागले सोमबार टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले क्यानडा रोजगारीमा कामदार पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो । उक्त म्यानपावरले कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको छापा मार्ने क्रममा तथ्य फेला परेको…
जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताए। 'मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको…
संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि…
![]()