Friday 9th October 2026

माउण्टेनकर्मी साहमाथि माधव–प्रचण्ड पक्षका कार्यकर्ताको हातपात


तितोपाटी- आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मीमाथि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुले हातपात गरेका छन्।

बिहीबार बिहान ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेको दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन्। घटनाप्रति माउण्टेन टेलिभिजन घोर भत्सर्ना गरेको छ।
उनलाई आन्दोलनकारीले केपी ओली पक्षको, चौतारीको भन्दै लखेटेका छन्।

आम हड्तालका कारण काठमाडौंलगायत देशैभरको जनजीवनमा असर परेको छ। मुख्य शहरहरुमा बिहानैदेखि सार्वजनिक सवारी, पसल व्यवसाय चलेका छैनन्।
राजधानीका केहि स्थानमा चलेका सार्वजनिक सवारी र नीजि सवारी फाट्टफुट्ट चलेका देखिन्छन्।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्। नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन्। काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरिरहेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो ।   –अन्नपूर्णपोस्ट बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...