नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो।वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको हो। एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी…
तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…
तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक…
तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यसअघि आजका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको जनाइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न उक्त बैठक बोलाएकोमा अधिकांश स्थायी समिति सदस्यहरू राजधानीबाहिर रहेकाले स्थगित गरिएको जनाइएको छ । यसअघि गत बिहीबार माओवादीको…
तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…
तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…
तितोपाटी- कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको…
तितोपाटी- पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको…
तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…
तितोपाटी- ताइवानमा शुक्रबार बिहान भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए…
![]()