Thursday 29th October 2026

एमाले बिबाद टुंग्याउन ओली–नेपाल वार्ता, १० सदस्यीय कार्यदल गठन


प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

वार्तापछि नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ । सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने कुरा पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ ।’
पूर्वमाओवादीको तर्फबाट पनि कार्यदल सदस्य राख्ने चर्चा हुँदै आए पनि नेपाल पक्षले असन्तुष्टि राखेपछि उनीहरूलाई समेटिएको छैन ।
नेपाल पक्षले राखेको २ जेठ ०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्नुपर्ने र आगामी दिनमा सहमतिको आधारमा अघि बढ्नुपर्ने माग राखेको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...