प्रधानमन्त्री केपी ओलीले वामपन्थीविरोधीहरूलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेको बताए ।विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको ओलीको दाबी छ…
प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकार मौन रहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता थापाले कामदारबारे सरकारले वेवास्ता गरेको भन्दै पीडितहरुको रोजगारीको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भाषा तथा सीप उत्तिर्ण गरेर पनि रोजगारीमा जान नपाएर मजदुरीहरु महिनौंदेखि काठमाडौंमा अलपत्र…
तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…
तितोपाटी- भारतीय कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न थालेपछि वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको भविष्य संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । फागुनमा १ हजार ४ सय २४ जना नेपाली गएको साउदी अरबबाट ५० हजार कामदारको मागपत्र साउदीस्थित नेपाली दूतावासमा आएको केही समयअघि सार्वजनिक भएको थियो ।…
तितोपाटी- नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क…
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले…
उच्च अदालत पाटनको हेटौंडा इजलासले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या गरेको अभियोग लागेका सबैलाई सफाइ दिने जिल्ला अदालत चितवनको फैसला सदर गरेको छ। २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको थियो। तत्कालिन समयमा द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि उनको हत्या गरेको आरोप लाग्दै आएको छ। आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल…
संसदीय व्यवस्थाको विकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन्। गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको अर्विटक्रस गर्न जनमत संग्रह उपयुक्त विकल्प भएको दाबी गरे। ‘एमाले, माओवादी, काङ्ग्रेस, जनता समाजवादी पार्टी सबैको कुरा कोही पनि संसदीय दुश्चक्रबाट…
एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । ‘प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो’,…
तितोपाटी- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई ३ हजार २७ मतले पराजित गरेका हुन्। पोखरेलले ६ हजार ९४२ मत पाउँदा शर्माले ३ हजार ९१५ मत प्राप्त गरिन्। त्यस्तै, अध्यक्षका अर्का उम्मेद्वार गजेन्द्र सिंह बुढाथोकीले ४ सय ९१ मल ल्याए भने राम प्रसाद…
![]()