बाँकेमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । बितेको २४ घण्टामा मात्रै बाँकेमा ७ जना संक्रमितले ज्यान गुमाएका छन् । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै २४ घण्टाको अवधिमा मृतकको संख्या ७ पुगेको हो ।…
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए । उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी…
केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् । शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।…
नेकपा एमालेको केन्द्रीय कमिटी वैठकले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।फ्लोर क्रस गरेर माओवादी सरकार जोगाइ दिएको भन्दै उनीहरुलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस…
तितोपाटी- भोको पेट पाल्नकै लागि भारतमा रोजगारी गर्न गएका बाजुराका अधिकांश स्थानीय अहिले फेरि धमाधम गाउँ फर्किन थालेका छन् । गतवर्ष चैत वैशाखमा कोरोनाको कहरले भारतमा नौकरी छुटेपछि उनीहरु गाउँमा फर्किएका थिए । असोज कात्तिकमा कोरोनाका कहर अलि कम भएपनि उनीहरुलाई गाउँमा कुनै काम नमिलेपछि रोजगारीका लागि फेरि भारतमा गएका…
तितोपाटी- गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो । जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो ।…
तितोपाटी- नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन्। उनीहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको…
तितोपाटी- मृतकको नाममा नक्कली नागरिकता बनाएर जग्गा किनबेच गर्न खोज्ने १० जनाको गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा विर्तामोडका मृतक टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उक्त…
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव एक १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। यादवलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा रहेको डुकु होटल एण्ड लजबाट पक्राउ गरेको हो। उनले जागिर दिलाउने प्रलोभन दिएर इटहरीकी १७ वर्षीयालाई…
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन्। नेपालका तर्फबाट सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन्।स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका…
![]()