Thursday 24th September 2026

वामपन्थी विरोधीहरूलाई सफल हुन दिन्नँ – प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी ओलीले वामपन्थीविरोधीहरूलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेको बताए ।विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरूलाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको ओलीको दाबी छ । झन्डै दुईतिहाइको पार्टी फुटाएर वर्तमान सरकार ठाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी उनले व्यंग्य गरे ।

उनले भने, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन हौ । शेरबहादुरजीलाई भेट्यो । दाइ प्रधानमन्त्री भइदिनुप¥यो । महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुप¥यो । किनभन्दा कम्युनिस्ट सरकार ठाल्नुप¥यो क्या त्यसकारण शेरबहादुर भइदिनुप¥यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुप¥यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि । कम्युनिस्ट आन्दोलनको एकता बचाउन । यस्ता नक्कली कुरा गर्ने तत्वहरू अहिले पनि छन् । सल्बलाइरहेका छन् । यी चुनौतीहरू अहिले पनि छन् । तर, तपाईंहरू ढुक्क रहनुहोस् यस्ता छद्मभेषी, वामपन्थीविरोधी, कम्युनिस्टविरोधी, प्रगतिविरोधी, अग्रगामी आन्दोलनविरोधी, राष्ट्रियता, लोकतन्त्रविरोधी तत्वहरूलाई सफलताका साथ अगाडि जान दिइनेछैन । यिनका गलत र आपराधिक उद्देश्यहरू सफल हुन सक्नेछैन ।’

आफूहरूले जिताइदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए । उनले भने, ‘सदस्यताबाट निष्कासन गरे धित पु¥याए हुन्छ । हामीले टाँसिदिएको जुँगा । अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ, त्यसपछि सक्कियो ।’उनले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुईतिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्यत् रहेको दाबी गरे । ओलीले समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती पनि दिएका छन् ।

-नयाँपत्रिका दैनिकबाट

 


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...