तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु…
तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…
तितोपाटी - रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी,…
तितोपाटी - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे । भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको…
तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, अाँकुरा, मकरकाँजी, तिहिरे फुल, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै…
तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…
तितोपाटी - अाज मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा…
तिताेपाटी - नवलपरासी बौदीकाली गाउँपालिकामा आर्थिक बर्ष २०७५/०७६का लागि २७ करोड १६ लाख ९६ हजार ४सय ८५ रुपैया बराबरको योजना तथा कार्यक्रम गाउँपालिकाको तेस्रो गाउँसभामा प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको गाउँसभामा योजना र कार्यक्रम गाउँपालिका उपाध्यक्ष मायादेबी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । "खानेपानी,कृषि,पर्यटन र…
तितोपाटी - करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित…
तितोपाटी - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा…