तितोपाटी - सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार/कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। श्रमजीवी…
तितोपाटी - स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ।…
तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो। घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको…
तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ। निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौ युवाको सहभागिता छ। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको…
तितोपाटी - तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर…
तितोपाटी - हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकारमार्फत गएर गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ । मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण…
तितोपाटी - जिल्लाको खत्याड गाउँपालिका–१० ह्याङ्लु गाउँका ८ वर्षीय बिनु र ६ वर्षीय महेश चदारा बाबुको उपचारका लागि विद्यालय जान छाडेर दैनिक मजदुरीमा जाने गरेका छन्। उनीहरूका बाबु ३६ वर्षीय रन चदारा ३ वर्षदेखि बिरामी भई हिँडडुल गर्न नसकेपछि उनको उपचार खर्चका लागि आफू अध्ययनरत विद्यालय भवन निर्माण गर्न जाने गरेका…
तितोपाटी - भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ। यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ। असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले…
तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै सरकारको प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि प्रदर्शन भएको छ। ‘निर्मलाका लागि न्याय अभियान’ का समर्थकहरुले बिहीबार छापामार शैलीमा सिंहदरबारको दक्षिण गेट अगाडि जम्मा भएर केही बेर धर्ना समेत दिएका हुन्। युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका हुन्। निषेधाज्ञा…
तितोपाटी - सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु…