Wednesday 7th October 2026

बस दुर्घटनामा एघार जना घाइते


तिताेपाटी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोकिँदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए । घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको  बताएका छन ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका छन । उनकाे अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...