Friday 16th January 2026
नेपालको समाचार
Image

तिताेपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । नेकपा स्थायी कमिटीका…

Image

तिताेपाटी - वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । अाजकाे गाेरखापत्र  दैनिकमा याे खबर छ – नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ…

Image

तिताेपाटी - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण बुधबार गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन बुधबारदेखि…

Image

तितोपाटी - कयौँ सर्वसाधरणलाई ठगेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सर्वसाधरणबाट करोडौं ठगी गरेर फरार डीएन कोइराला भनिने दिनेश कोइराला पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान पक्राउ गरेको हो । खोटाङको दिप्रुङ् चुईचुम्मा गाउँपालिका–१ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको…

Image

तितोपाटी - नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण…

Image

तितोपाटी -  नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आगामी शनिबार चियापान कार्यक्रम गर्ने भएको छ भने चियापान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पार्टी एकता पश्चात पहिलो पटक हुन गइरहेको चियापान कार्यक्रममा उपस्थितिको लागि ५० हजारलार्इ निम्तो गरिएको बुझिएको छ ।…

Image

तितोपाटी - आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति…

Image

तिताेपाटी - आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । २१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको…

Image

तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् , अाजकाे राजधानी पत्रिका दैनिकमा याे खबर छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले…

Image

तिताेपाटी - जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको…