Thursday 25th April 2024

साफ यू–१५ च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै


तिताेपाटी -साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ः३० बजे नेपाल र बंगलादेश खेल्दै छन् । नेपाल बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

बंगलादेश पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । दुवै टिमले समान १–१ खेल खेलेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै पराजित गरेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।सेमिफाइनल समीकरण आजै पूरा हुदैछ । समूह बी अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...