तितोपाटी - म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो । कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट…
तिताेपाटी- चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो…
तिताेपाटी -एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । ८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत…
तिताेपाटी — मोरङको पथरीशनिश्चरे-८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो । खड्काको हत्या गरेको अभियोगमा प्रहरीले स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका…
तिताेपाटी - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्। रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको…
तिताेपाटी - काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब एक सय ५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको…
पहिले सबै जातीले सेतो टिका लगाउँथे तितोपाटी - दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टिका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं । खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र…
तितोपाटी - आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन…
तितोपाटी - नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा…
तिताेपाटी - नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले…