Tuesday 27th October 2026

घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित


तिताेपाटी — म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिशलगायतका सेवा दिइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

उउनका अनुसार ८० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाइजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताए । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ ।

बेनी अस्पतालका चिकित्सक डा विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो ।
यसअघि शुक्रबार र शनिबार धौलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५०० ले सेवा लिएका थिए । रासस


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...