Thursday 3rd September 2026

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ गम्भिर, दर्जनाै घाइते


तितोपाटी – मलामी बोकेर फर्किरहेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको बेदकोट नगरपालिका- ८ मा दुईजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। चारजनाको अवस्था गम्भीर रहेको प्रहरी बताएको छ।

अाज बिहान महाकाली नदीबाट मलामी ल्याएर फर्किरहेको से १ त ५४२२ नम्बरको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्र्तगत बेदकोट नगरपालिका ८ को कान्लापुल नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा बेदकोट नगरपालिका- ५ बस्ने ३२ वर्षीय प्रेमसिंह धानुक र बेदकोट ४ बस्ने ८५ वर्षीय राजु नागरि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले जानकारी दिए।

डीएसपी ओझाका अनुसार दुर्घटनामा परी ४ जना गम्भीर छन्। घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि भारत रिफर गरिएको छ भने एकजनालाई धनगढी रिफर गरिएको छ। बेदकोट नगरपालिका- ४ बस्ने ४५ वर्षीय आनसिंह धानुक, प्रकाश जोशी र बेदकोट ४ बस्ने २५ वर्षीय दिपेश धानुकलाई भारत र १६ वर्षीय दिलीप भण्डारीलाई सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइते सामान्य रहेको र उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ। मलामीबाट फर्किरहेको ट्याक्टरलाई म १ च ३११ नम्बरको जीपले ओभरट्याक गरेपछि ठोक्‍किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...