Friday 27th March 2026
नेपालको समाचार
Image

तितोपाटी - म्याग्दी जिल्लामा दलित महिलाहरुको प्रथम जिल्ला भेलाले सम्झना परियारको संयोजकमा ११ सदस्यीय दलित महिला संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । दलित महिला संघको प्रथम जिल्ला भेला भिम कुमारी बिश्वकर्माको अध्यक्षता हिजो शनिबार सम्पन्न कार्यक्रममा संगीता किसानले संचालन गरेको थिइन भने सम्झना परियारले स्वागत मन्तव्य राखेकी थिइन…

Image

तीतोपाटी- हेटौंडा सिमेन्टको खानी क्षेत्रका कारण गढि गाउँपालिकाका बस्ती जोखिममा परेको छ । सिमेन्टको लागि महत्वपूर्ण मानिएको मझुवा खानीका कारण गाउँका १ हजार २ सय परिवार जोखिममा परेका हुन् । खानीका कारण गाउँपालिकाको चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु विस्थापित हुने भएका…

Image

तीतोपाटी- बिहीबार बेलुका  जाजरकोटको भेरी नगरपालिका – १ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको छ । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा दुर्घटनामा…

Image

तितोपाटी - नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका छन। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ। कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक…

Image

तितोपाटी - सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति…

Image

तितोपाटी - विवाहित भएर पनि लोग्ने विदेशमा भएको समयमा प्रेमीसँग बस्दै अाएकी एक युवतीको प्रेमीले नै हत्या गरेका छन् । इटहरीमा ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या…

Image

तितोपाटी - म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई संसद्को कानुन तथा मानव अधिकार समितिले उल्टाइदिएको छ। सोमबार समितिले गरेको निर्णय अनुसार अब वर्षमा तीन हजारसम्म श्रमिक विदेश पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्नेछ। त्यस्तै तीनदेखि पाँच हजार युवा वैदेशिक…

Image

तितोपाटी - सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलीप चापागाईंले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबभन्दा बढी…

Image

तितोपाटी - सरकारले कृषियोग्य जमिन बाँझो राख्ने किसानलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने तयारी गरेको छ। मुलुकभर खेतीयोग्य जमिनको करिब २५ प्रतिशत जमिन बाँझो रहेको सरकारी तथ्यांक छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख ३० हेक्टर क्षेत्रफल बाँझो छ। कृषि सूचना तथा…