Wednesday 22nd July 2026

सम्झना परियारको संयोजकमा दलित महिला संघ म्याग्दीको तदर्थ समिती गठन


तितोपाटी – म्याग्दी जिल्लामा दलित महिलाहरुको प्रथम जिल्ला भेलाले सम्झना परियारको संयोजकमा ११ सदस्यीय दलित महिला संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ ।

दलित महिला संघको प्रथम जिल्ला भेला भिम कुमारी बिश्वकर्माको अध्यक्षता हिजो शनिबार सम्पन्न कार्यक्रममा संगीता किसानले संचालन गरेको थिइन भने सम्झना परियारले स्वागत मन्तव्य राखेकी थिइन । उक्त कार्यक्रममा प्रमुख अतिथि दलित महिला संघ बाग्लुङको अध्यक्ष सरस्वती हरिजन रहेकी थिइन भने बिशिस्ट अतिथिमा राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय  सदस्य टेक बहादुर बिश्वकर्मा र दलित अधिकारकर्मी याम बहादुर किसान रहेका थिए । त्यसैगरी अतिथिमा महिला संघ बाग्लुङ जिल्लाको उपाध्यक्ष पुनम बस्याल र  बेनि नगरपालिका-७ को वडा सदस्य राज कुमारी बिश्वकर्मा रहेका थिए ।

दलित महिलाहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्नको लागि म्याग्दी जिल्लामा दलित महिला संघको गठन गरिएको दलित अधिकारकर्मी याम किसानले तितोपाटीलाई जानकारी गराएका छन । उक्त भेलालाई सम्बोधन गर्दै दलित महिला संघ बाग्लुङका अध्यक्ष सरस्वती हरिजनले राज्यको हरेक निकायमा दलित महिलाको अर्थपूर्ण र समानुपातिक सहभागिताको खाँचो छ । सिंगो महिला अान्दोलनले दलित महिलाका समस्यालाई समेटेको हुदा अब ३३% अारक्षण भित्र दलित महिलाको समानुपातिक सहभागितामा हुनुपर्छ । अनिमात्र हाम्रा मुद्दा उठान गर्न सहज हुन्छ । दलित महिलाहरु दलित, महिला र दलित महिला भएकै कारण बढी  शोषणमा परिरहेका छन् । यो परिस्थितिबाट माथि उठ्नको लागि दलित महिलाहरु संगठित र जागरुक भएर अगाडि बढ्नुपर्ने अावश्यक रहेको कुरा बताएकी थिइन ।

उक्त भेलामा दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य टेक बहादुर बिश्वकर्मा, दलित अधिकारकर्मी याम किसान, पुनम बस्याल नेपाली र राजकुमारी वि.क. ले आ-अाफ्ना धारणा व्यक्त गरेका थिए । उक्त भेलाले सम्झना परियारको संयोजकत्वमा ११ सदस्यीय दलित महिला संघ म्याग्दी तदर्थ समिति गठन गरेको छ । समितिको उपसंयोजकमा राजकुमारी बिश्वकर्मा, सचिव विबा बिश्वकर्मा, सहसचिव सरिता किसान, कोषाध्यक्ष कल्पना भट्टराई (बिश्वकर्मा), सदस्यहरु सीता बिश्वकर्मा, अनिता बिश्वकर्मा, संगिता बोहरा, सिर्जना गोतामे, रस्मिता बिश्वकर्मा र दमवन्ति रुचाल रहेका छन । कार्यक्रमको अन्त्यमा भिम किमारी बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्नको निम्ति आफ्नो कार्य व्यस्तताको बाबजुद पनि  उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथि, पत्रकार लगायत सम्पुर्ण महानुभावहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...