Saturday 28th March 2026
नेपालको समाचार
Image

तितोपाटी - डडेल्धुरा जिल्लाको भिमदत्त राजमार्ग अन्तर्गत शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै…

Image

तितोपाटी- पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा पाहुना आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब…

Image

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार उत्तरी छिमेकी देश चीन प्रस्थान गरेकी छन्। भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेकी हुन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन विमानस्थल पुगेर…

Image

तितोपाटी- फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् –पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग । पति परदेशमा, पत्नी चक्करमा ।पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा । यस्तै, यस्तै ! पछिल्लो पटक मोरङको पथरीमा मृत्यु…

Image

तितोपाटी-जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका…

Image

तितोपाटी - वीरगन्जमा मंगलबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार…

Image

तितोपाटी - रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन । सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति…

Image

तितोपाटी- वैदेशिक रोजगारीको संस्थागत सुरुवात २०५२ सालबाट भएको हो । नेपाली समाजमा यसले ठूलो हलचल ल्याएको छ । कतारमा राजदूत भएर बस्दा मैले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या नजिकबाट नियालेको छु । रोजगारीमा जानेहरूमाथि शोषणको सुरुवात झुठो आश्वासनबाट हुन्छ । एजेन्टले ज्यादै आकर्षक तलबको आश्वासन दिन्छन् । त्यसपछि लिनुपर्ने भन्दा…

Image

तितोपाटी- मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताइन् । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख…

Image

तितोपाटी -कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ। बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही…