Sunday 2nd August 2026

रहरमा शहर पसेकाहरु मानव बेचबिखनको उच्च जोखिममा


तितोपाटी- मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताइन् ।

“मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भनिन्, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।”

मानव बेचबिखनका साथै समाजमा घट्ने लैङ्गिक हिंसाका घटना किनारा लगाउन राज्यसँगै नागरिक तहबाट पनि लाग्नुपर्नेमा उनको जोड थियो ।

शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले समाजको कमजोर र निर्दोष वर्ग मानव बेचबिखनको सिकार हुने गरेको बताइन् ।

पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको बताउँदै निर्देशक दनुवारले भनिन्, “सूचना र प्रविधिले निम्त्याएको विकृतिबाट पनि हामी सबै सचेत हुन जरुरी छ ।”
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष लोकप्रसाद चालिसेले रहरमा शहर पस्ने प्रलोभनका कारण मानव बेचबिखनको सिकार भएको तर्क गरे ।

यद्यपि यस्ता खालका जटिल समस्याको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्याको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकाय, मानव अधिकारवादी सङ्घसंस्थाले प्रधान भूमिका खेल्नुका साथै सबै तहका सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

प्रतिकृयाहरू
...