Thursday 9th May 2024

किशोरीलाई इन्जेक्सन लगाएर ७ जनाद्वारा सामुहिक बलात्कार


तितोपाटी -कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ।

बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना फरार रहेका प्रहरीको भनाई छ।

उनीहरुले १ वैशाखमै किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ। तर, घटनाको विषयमा शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडी जङ्गलमा बलात्कार भएको हो।

पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको थियो।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि अहिले किशोरीको काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...