Thursday 9th May 2024

तारा एयरको विमान धावनमार्गमा चिप्लियो, सबै सकुशल


तितोपाटी – रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन ।

सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।

मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...