Tuesday 23rd December 2025
मुख्य खबर
Image

तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही वडामा ३७ वर्षका मिनबहादुर विश्वकर्माले  ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । साे घटनामा  बिकको आक्रमणमा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी…

Image

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् । आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए । जेनजी आन्दोलनका बेला भएका घटनाको…

Image

तितोपाटी- नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले  पराजित गर्दै नेपालले सबै खेलमा जित हासिल गरेसँगै उपाधि जितेको हो । नेपाल शीर्ष स्थानमा  रहँदै सन् २०२६ फेब्रुअरीमा भारत र श्रीलंकाले हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको  छ…

Image

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि सहिद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको…

Image

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी…

Image

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । उक्त अवधिमा यातायात व्यवसायी…

Image

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइ माग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । यस बर्ष दशैं असोज ६…

Image

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा देशका तीन महत्वपूर्ण मन्त्रालयका लागि विषय विज्ञहरूको नाम टुंगो लगाएकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनाललाई, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी नेपाल…

Image

संसद् विघटनको निर्णयलाई लिएर नेपाली राजनीति फेरि तनावपूर्ण बनेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले यो कदमलाई असंवैधानिक भन्दै विरोध गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई स्वागत गरेको छ। एमाले महासचिव शंकर पोखरेलले संसद् विघटनको विरोध गर्दै सतर्क रहन आह्वान गरेका छन्।…

Image

पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् । मोरङमा एक…