Saturday 10th October 2026

आज राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै


राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन्। आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ।

राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राष्ट्रवादी धार पुनः एक ठाउँमा फर्किन लागेको यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

लिङ्देन र थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो। सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो।

एकीकरणसँगै राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत दिने प्रतिबद्धता लिङ्देनले जनाएका छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, पार्टीको महाधिवेशन ६ महिना पर सारिएको छ र निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति लिइएको छ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...