Wednesday 18th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्। ओबामाकाे मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ। अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम…

Image

तितोपाटी - चीनको एउटा कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला उक्त दुर्घटना भएको थियो । दुर्घटना लगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार…

Image

तितोपाटी - सुडानमा हतियारधारी व्यक्तिहरूको सामुहिक आक्रमणमा परी  कम्तीमा ४२ जना गोठालको मृत्यु भएको छ । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधवार जानकारी दिएका छन्। अकोबो राज्यका गभर्नर जोहनसन गुनी…

Image

तितोपाटी - थाइल्यान्डका अधिकारीहरूले बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी साउदी युवतीलाई कुवेत नफर्काइने बताएका छन् । साउदी युवती रहाफ मोहम्मद अल कुनुनले आफ्नो जीवन असुरक्षित भएको भन्दै कुवेत फर्किन अस्वीकार गरेकी हुन् । उनका परिवारका सदस्यहरू भने हाल कुवेतमा छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी अल–कुनुन दुई दिनअघि त्यहाँबाट भागेकी थिइन् । उनी बैंकक हुँदै…

Image

तितोपाटी - क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका…

Image

तितोपाटी - मलेसियाका बहालवाला राजा सुल्तान मुहम्मद पाँचौंले अप्रत्याशित रूपमा पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ। चयनसँगै नयाँ राजाको पदबहाली समारोह पनि यही महिना मै गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले सोमबार बताएका छन्। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच…

Image

तितोपाटी - बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन्। बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरेसँगै हसिना पुन: प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। चार पटक बंगलादेशको…

Image

तितोपाटी - भारतको केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् । झडपमा परी दर्जनौंघाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।…

Image

तितोपाटी - अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएकाे छ। मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेकाे बताइएकाे छ। घाइतेहरुलाई उपचारका लागि…

Image

तितोपाटी - चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ। हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार एकसय जना बस्ने गरेकोमा झण्डै तीन हजार नौसय जनालाई अन्यन्त्र…