Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

खगोलविद्हरूले एउटा यस्तो सुपरम्यासिभ ब्ल्याक होल फेला पारेका छन्, जुन सम्भवतः आफ्नै आकाशगंगाबाट करिब १,००० किलोमिटर प्रतिघण्टा होइन, प्रतिसेकेन्डको गतिमा बाहिरतर्फ उडिरहेको छ। RBH 1 नाम दिइएको यो वस्तु पृथ्वीबाट करिब ७.५ अर्ब प्रकाशवर्ष टाढाको आकाशगंगा प्रणालीमा रहेको छ। हबल अन्तरिक्ष दूरबिनले यसको पछाडि २ लाख प्रकाशवर्षभन्दा लामो युवा ताराहरूको…

Image

यमनको ताइजको पश्चिमी Hays मोर्चा र आसपासका क्षेत्रमा हुथी र सरकारसमर्थित सेनाबीच तीव्र स्थलयुद्ध भइरहेको छ। हुथीहरूले मिसाइल, ड्रोन र स्थलसेनाको संयुक्त प्रयोग गर्दै आक्रमण बढाएका छन्। केही रिपोर्टअनुसार दुवै पक्षले थप सैनिक तथा सैन्य सवारीसाधन मोर्चातर्फ पठाएका छन्। यमनी सरकारी सेनाले ताइज र हुदैदाहको पश्चिमी तटीय क्षेत्रमा १४ वटा…

Image

भारतमा अस्तित्वमै सीमित देखिने केही राजनीतिक दलको नाममा ठूलो रकम जम्मा भएको विषयमा प्रश्न उठेपछि कांग्रेसका वरिष्ठ नेता तथा मध्य प्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंहले निर्वाचन आयोग र सरकारसँग छानबिनको माग गरेका छन्। बीबीसीको रिपोर्टलाई उद्धृत गर्दै सिंहले सामाजिक सञ्जाल एक्समार्फत ‘आम जनमत पार्टी’ को आर्थिक कारोबारबारे प्रश्न उठाएका हुन्। पार्टीको…

Image

रुसले शुक्रबार युक्रेनको राजधानी किएभस्थित युक्रेनको सुरक्षा सेवा (SBU) को प्रधान कार्यालयमा ड्रोन आक्रमण गरेको छ। साढे चार वर्षदेखि जारी युद्धमा पहिलो पटक उक्त महत्वपूर्ण सरकारी भवन प्रत्यक्ष रूपमा निशाना बनेको हो। आक्रमणमा १२ जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन SBU प्रमुख ओलेक्सान्द्र पोक्लादको कार्यालयलाई लक्षित गरी…

Image

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरू जीवित भेटिएपछि सुरुङभित्र अझै कामदारहरू जीवित हुन सक्ने आशा बढेको छ। विभिन्न जलविद्युत् आयोजनामा अझै सयौं कामदार बेपत्ता रहेको बताइएको छ। गत साता…

Image

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले इरानले अमेरिकालाई उक्त क्षेत्रमा इजरायलले ठूलो सैन्य हमला गरेमा इरानले व्यापक जवाफी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट गरेको केही घण्टापछि आएको हो। इजरायली सेनाका अनुसार उसका फौजले घात लगाउने कारबाही,…

Image

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब ‘किल्ला भत्काउने’ (Castle Breaker) हुन्छ। यो सन् २०२२ मा सार्वजनिक गरिएको थियो र ठोस इन्धन प्रयोग गर्ने मिसाइलका रूपमा चिनिन्छ। यसको घोषित मारक दूरी करिब १,४५० किलोमिटर रहेको छ। यसको…

Image

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र सुरक्षाका लागि संवादलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको भेटमा दुवै नेताले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक समाधान आवश्यक रहेकोमा जोड दिएका छन्। भेटका क्रममा चीन र…

Image

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल सागर किनारका पर्यटकीय सहर दहाब र नुवेइबा जोड्ने राजमार्गमा भएको हो। बसमा ४३ जना सवार थिए, जसमध्ये २२ जना जोर्डनका नागरिक रहेका थिए। मृत्यु हुनेमध्ये १० जना जोर्डनका नागरिक रहेको…

Image

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको नाकाबन्दी कडा बनाएको बताउँदै हालसम्म ८६ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको, ३ वटा जहाज निष्क्रिय बनाएको र २ वटा जहाजमा निरीक्षण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक…