Tuesday 27th October 2026

अमेरिकाले बेलायतबाट आफ्ना बमवर्षक विमान फिर्ता लग्यो


अमेरिकाले बेलायतको RAF Fairford एयरबेसमा तैनाथ रहेका आफ्ना लामो दूरीका B-1 बमवर्षक विमानहरूलाई अज्ञात सुरक्षा जोखिमका कारण फिर्ता लगेको जनाएको छ।

यो कदम बेलायतमा उक्त एयरबेसलाई लक्षित गरिएको भनिएको एक कथित इरानी योजनाको अनुसन्धान भइरहेका बेला उठाइएको हो। सेप्टेम्बर २७ मा बेलायती प्रहरीले एयरबेस नजिकै पाँच जनालाई आतंकवाद तथा विस्फोटकसम्बन्धी आरोपमा पक्राउ गरे पनि पछि जमानतमा रिहा गरेको थियो। साथै एक बेलायती-इरानी दोहोरो नागरिकलाई पनि पक्राउ गरिएको छ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले घटनामा इरानको संलग्नताको “बलियो संकेत” रहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि “विदेशी पक्षको हात” रहेको बताएका छन्, तर थप विवरण खुलाएका छैनन्।

यता इरानले भने सबै आरोप अस्वीकार गर्दै ती दाबीलाई आधारहीन बताएको छ र तेहरानस्थित बेलायती राजदूतलाई बोलाएर विरोध जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...